सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
खोटाङ, माघ २३ । खोटाङको रावाबेँसी गाउँपालिकाका ७ माध्यमिक विद्यालयमा ई–हाजिरीको व्यवस्था गरिएको छ । विद्यालयमा शिक्षकको उपस्थितिलाई नियमित गर्दै पठन–पाठनलाई प्रभावकारी बनाउनका लागि विद्यालयमा ई–हाजिरीको व्यवस्था लागू गरिएको रावाबेँसी गाउँपालिकाका प्रमुख लिलानाथ निरौलाले बताउनुभयो ।
गाउँपालिकाले विश्वज्योती मावि लामीडाँडा, शारदा मावि खार्पा, रत्नराज्यलक्ष्मी कुभिण्डे, शारदा मावि हौंचुर, गंगोद्धय मावि दुबेकोल, देउराली मावि डुम्रेधारापानी र धारापानी मावि डुम्रेधारापानीमा विद्युतीय हाजिरीको व्यवस्था गरेको छ ।
गाउँपालिका भित्रका अन्य विद्यालयमा पनि क्रमशः विद्युतीय हाजिरीको व्यवस्था मिलाउने योजना रहेको गाउँपालिकाले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा