सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अमेरीकी शोधकर्ताहरुले कृत्रिम बुद्धिमताको मद्दतबाट कैयौ नक्कली सेलीब्रेटीको अनुहार तयार पारेका छन् । देख्दामा त यी अनुहारहरु सेलीब्रेटीहरु जस्तै राम्रो तथा आकर्षक देखिन्छन् तर सक्कलमा यिनिहरु कुनै सक्कल होइनन् , यि सबै नक्कली हुन् ।
यि नक्कली अनुहारहरु कम्युटर, जेनरेटेड इमेजरी, टिभि तथा फिल्ममा प्रयोग गर्न सकिन्छ । यसको प्रयोगले फिल्मको बजेट समेत कम हुन्छ ।
यो असाधारण प्रोग्रामलाई अमेरीकी कम्पनि एनवीडिया ले तयार पारेको हो ।
एनवीडियाद्धारा निर्मित यी सबै नक्कली अनुहार तस्विरमा सक्कली जस्तै देखिन्छन् । विज्ञापन तथा भिडियो गेम उधोगमा पनि यस प्रविधिको ब्यापक प्रयोग गरेको पाईन्छ । एनवीडियाका मुख्य सोधकर्ता जैकू लेटिनेन भन्छन् “हामी सबै जान्दछौ कुनै ब्यक्तिको तस्विर कस्तो लाग्दछ तर कुनै कुनै ब्यक्तिहरुसँग काल्पनिक तस्विर बनाउने कौशल हुन्छ । र यो प्रोग्रामले काल्पनिक अनुहार बनाउने यहि काम सजिलैसँग गर्दछ “। ‘मनोबैज्ञानिक चिकित्सकका अनुसार यो प्रोग्रामको सहयोगबाट प्रोसोपैगनोसिया नामक रोगको पनि उपचार हुन सक्छ । जुन रोगले दुईजना विचको अनुहार को फरक छुटाउन सक्दैन ‘।
तीस हजार सेलेब्रिटी अनुहारको प्रयोग
उक्त कम्प्युटर प्रोग्रामलाई बनाउनको लागी ३० हजार भन्दा बढि सेलीब्रेटीहरुका अनुहारको डेटाबेसलाई प्रयोग गरिएको थियो । प्रोग्रामको उत्पादन धेरै विरोधका बाबजुत बनेको हो जसमा दुई प्रतिस्पर्धि कृत्रिम बुद्धिमता रहेको छ । पहिला एआई ले राम्रो ढंगले अनुहार बनाउछ अनि दोस्रोमा यसबाट असली र नक्कली अनुहार छनौट गर्दछ, जब यो सफलतापुर्वक पुरा हुन्छ पहिलो एआईले आफनो काम बन्द गर्दछ ।
यो प्रोग्रामले अनुहार मात्र बनाउदैन यसले दृश्य तथा बस्तुहरु पनि बनाउछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा