सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, पुस २० । आउँदो महिना हुने आइसिसी विश्व क्रिक्रेट लिग च्याम्पियनशिप डिभिजन टूका लागि प्रारम्भिक नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । नामिबियामा हुने डिभिजन–२ का लागि प्रारम्भिक चरणमा २१ खेलाडी छनोटमा परेका छन।
आइसिसीका प्रतिनिधि एमिनुल इस्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको छनौट समितिले २१ सदस्यीय टोलीको घोषणा गरेको हो । प्रारम्भिक टोलीमा युवा खेलाडीहरुलाई प्राथमिकता दिइएको छ । छनोटमा नियमित तथा अनुभवी विनोद भण्डारी, सागर पुन र मेहबुब आलम भने टोलीमा परेका छैनन् भने प्रारम्भिक छनोटमा रोहित कुमार पौडेल भने परेका छन् ।
पहिलो चरणमा छनोट भएका खेलाडीहरु
पारस खड्का
अनिल कुमार साह
वसन्त रेग्मी
दिलिप नाथ
दिपेन्द्र सिंह एरी
दिपेश श्रेष्ठ
ज्ञानेन्द्र मल्ल
करण केसी
किशोर महतो
ललित भण्डारी
ललित नारायण राजवंशी
आरिफ शेख
रोहित कुमार पौडेल
राशिद खान
सन्दिप लामिछाने
शक्ति प्रसाद गौचन
शरद भेषवाकर
सिधान्त लोहनी
सोमपाल कामी
सुनिल धमला
सुशन भारी
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा