सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक १४ । एएफसी यू–१९ एसिया कप फुटबलको छनौटमा नेपाल किर्गिस्तानसँग पराजित भएको छ । आज नेपाल घरेलु टोली किर्गिस्तानसँग राजधानी बिस्केकस्थित डोलेन ओमुर्जाकोभ रङशालामा भएको खेलमा २–० गोलले पराजित भएको हो।
खेलमा पहिलो हाफको २१ औँ मिनेटमा किर्गिस्तानले पहिलो गोल गरी शुरुवाती अग्रता लियो । किर्गिस्तानका लागि पहिलो गोल गुल्जिभितले गरेका थिए।
त्यसैगरी नेपालले दास्रो हाफको इन्जुरी समयको पाँचौ मिनेटमा दोस्रो गोलगर्दे किर्गिस्तानले २–० को जीत दर्ता गर्यो
१० वटा समूहबाट विजेता र उत्कृष्ट ६ उपविजेता इन्डोनेशियामा हुने १९ वर्षमुनिको एसिया कपमा छनौट हुने छन् । एएफसी यू–१९ च्याम्पियनसिपमा छनोट समूह ‘ए’ मा रहेको नेपालले अब ओमन, यूएई र बहराइनसँग प्रतिस्पर्धा गर्दैछ। आगामी कात्तिक १६ गते नेपालको दोस्रो खेल बहराइनसँग र तेस्रो खेल १८ यूएईसँग तथा चौंथो खेल २२ कात्तिकमा ओमानसँग छ। समूहमा शीर्ष स्थान हात पार्ने टिम आगामी वर्ष इन्डोनेसियामा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा छनोट हुनेछन्।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा