सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक १३। राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी अध्यक्ष कमल थापासहित पाँच उम्मेदवारको टुंगो लगाएको छ । राप्रपा केन्द्रीय कार्य समिति बैठकले मंसिर २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि पाँच उम्मेदवारको टुंगो लगाउको हो ।
राप्रपा अध्यक्ष थापा मकवानपुर १ बाट लड्ने भएका छन् । यस्तै, राजेन्द्र प्रसाद लिङदेन झापा ३ बाट तथा विक्रमबहादुर थापा काठमाडौं ७ नम्बर क्षेत्रबाट लड्ने भएका छन् ।
यसैगरी, बाँके २ बाट ओमप्रकाश आजाद र दैलेख १ बाट दीपककुमार शाहीले उम्मेदवारी दिने राप्रपाले निर्णय गरेको हो । आगामी हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि कात्तिक २० गते पार्टीको घोषणा पत्र सार्वजनिक गर्ने पनि राप्रपाले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा