सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पर्वत, कात्तिक १३। आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि पर्वतमा ७४ वटा मतदानस्थल निर्धारण गरिएको छ । गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको चुनावमा निर्धारण गरिएका मतदानस्थललाई नै आधार बनाएर निर्धारण गरिबएको हो । मतदानस्थल ७४ रहे पनि मतदान केन्द्र भने १३९ निर्धारण गरिएको जिल्ला निर्वाचन अधिकृत लक्षु शर्माले जानकारी दिनुभयो ।
“स्थानीय तहको निर्वाचनमा भन्दा यसपटक मतदाताको संख्या बढेका कारण मतदान केन्द्र बढाउनु परेको हो,” उहाँले भन्नुभयो । आठ हजार ५७ मतदाता थपिएका छन् । जिल्लामा ५५ हजार ४८६ महिला र ५१ हजार ८१४ पुरुष गरी एक लाख सात हजार ३०० मतदाता रहेका छन् ।
क्षेत्र नं १ मा ३० हजार ४०० महिला र २८ हजार ४२९ पुरुष गरी ५८ हजार ८२१ जना मतदाता रहेका छन् । क्षेत्र नं २ मा २५ हजार ८६ महिला र २३ हजार ३९३ पुरुष गरी ४८ हजार ४७९ मतदाता रहेका छन् । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा