सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मोगादिसु, कात्तिक १२ । मोगादिसुको एक होटेलमा शनिबार भएको आक्रमणमा परी मृत्यु हुनेको संख्या २७ पुगेको सरकारले आइतबार जानकारी दिएको छ ।
सरकारले घटना कमजोर सुरक्षा व्यवस्थाका कारण घटेको आरोप लगाउँदै सोमालियाका प्रहरी प्रमुख तथा गुप्तचर सुरक्षा प्रमुखलाई बर्खास्त गरेको छ ।
मृतक संख्या २७ पुगेकोे मन्त्रीपरिषद्लाई जानकारी गराउँदै गृहमन्त्री मोहम्मद अवुकार इस्लोले प्रहरी प्रमुख अव्दिहाकिम दाहिर सैयद तथा गुप्तचर विभागका सुरक्षा प्रमुख अव्दिल्लाही मोहम्मद सानबालुसेको बखास्तीका लागि प्रस्ताव राखेका थिए । उक्त प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा