सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धादिङ, दार्खा, कात्तिक १२ । शनिबार पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–५ घाटबेसीस्थित बाङगेमोडमा भएको बस दुर्घटनाका मृतकमध्ये ३० जनाको शव आफन्तलाई बुझाइएको छ ।
सप्तरीबाट आएका आफन्तले सनाखत गरेपछि शव परीक्षणपश्चात् अन्तिम संस्कारका लागि आफन्तलाई बुझाइएको इलाका प्रहरी कार्र्यालय गजुरीका प्रहरी निरीक्षक बरुण सिंहले जानकारी दिनुभयो । दुर्घटनामा परी मृत्यु भएका अन्दाजी ३०/३२ वर्षका पुरुषको शवको सनाखत हुन सकेको छैन ।
शवलाइ गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । गजुरी प्रहरीमा तीनजना हराइरहेको भन्दै खोजीका लागि आफन्तले निवदेन दिएका छन् । बेपत्ताको खोजी जारी राखिएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो । बसका साहु र चालकको अवस्था अझै अज्ञात छ ।
ना६ख १४६७ नंको सन्देश डिलक्सको बस दुर्घटनामा परेको थियो । चालक भागेको आशंका गरे पनि उनी नदीमै बेपत्ता छन् वा दुर्घटनापछि फरार छन भन्ने नखुलेको गजुरी प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले यातायात समिति र साहुलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको बताउनुभयो ।
“मृतकका परिवारलाई क्षतिपूर्ति दिलाउन पहल गरिरहेका छौँ, दुर्घटनापछिको बीमा क्षतिपूर्ति र घाइतेको उपचार गराउन हामी पहल भइरहेको छ,” उहाँले भन्नुभयो । (रासस)
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा