सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कात्तिक १२ । हिजो राति हुरीबतास र पानीसँग परेको असिनाले गर्दा उत्तरी धादिङको विभिन्न गाउँमा धानबाली नष्ट भएको छ । नेत्रावती गाउँपालिकाअन्तर्गत कटुन्जे, मार्पाक, गंगाजमुना गाउँपालिका र नीलकन्ठ नगरपालिकाको केही भागमा समेत असिना परेको छ ।
चाडपर्वका कारण पाकेको धान काट्ने बेलामा असिना परेर खेतमै धान झर्यो । धान काट्दै गरेका र काट्न बाँकी सबैको धान असिनाले गर्दा सखाप भएको हो । काट्ने बेला भएको धानबालीमा असिना परेपछि कृषक चिन्तित भएको नेत्रावती गाउँपालिकाका अध्यक्ष नारायण शाक्यले बताए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा