सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक १० । नेपाल विद्युत् प्राधिकरणले भारतको विद्युत् व्यापार निगम (एनभीभीएन)सँग विद्युत् खरिद सम्झौता नवीकरण गरेको छ ।
शुक्रबार भारतको राजधानी नयाँदिल्ली पुगेको प्राधिकरणको उच्च नेतृत्व र निगमका अधिकारीबीच उक्त सम्झौता नवीकरण भएको हो ।
पछिल्लोपटक नवीकरण गरिएको उक्त सम्झौता आगामी पुस १६ गतेसम्म कायम रहनेछ । त्यसपछि पुनः अर्को सम्झौता गर्ने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले नयाँदिल्लीबाट राससलाई जानकारी दिए ।
ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनबाट सो सम्झौताअनुसार १६० मेगावाट विद्युत् आयात गरिनेछ । उक्त विद्युत् प्रतियुनिट रु ५.७७ मा आयात हुनेछ ।
नवीकरण सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनभीभीएनका प्रमुख कार्यकारी अधिकृत अरुणकुमार गर्गले हस्ताक्षर गरेको प्रवक्ता अधिकारीले जानकारी दिए ।
एनभीभीएन नेपालमा विद्युत् उपलब्ध गराउने भारतको ‘नोडल एजेन्सी’ हो । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा