सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रसुवा, कात्तिक १० । गत हप्तादेखि बन्द रसुवागढी नाकाबाट आजदेखि व्यावसायिक कारोबार सुरु भएको छ ।
रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार अधिकृत भीम आङ्दम्बेका अनुसार सामान लिन केरुङ गएका नेपाली ट्रक कन्टेनर नेपाल प्रवेश गर्न थालेका छन् । आज मात्र स्याउ बोकेर आएका ४० कन्टेनर नेपाल भित्रिएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनलाई ध्यानमा राखी यही कात्तिक १ गतेदेखि बन्द गरिएको रसुवागढी नाकाबाट औपचारिक रुपमा कुनै पत्र नआए पनि अनौपचारिक रुपमा सवारी साधन ओहोरदोहोर हुन थालेको जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा