सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
झापा , कात्तिक १०। झापाको विर्तामोडमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर नरेश थापाको मृत्यु भएको मेची अञ्चल अस्पतालले जानकारी दिएको छ। प्रहरीको गोली लागेर घाइते भएका थापालाई उपचारका लागि भद्रपुरस्थित मेची अञ्चल अस्पताल पुर्याइएको थियो। मेची अञ्चल अस्पतालको आकस्मिक कक्षमा कार्यरत कर्मचारी तारा दहालले जानकारी दिइन्।
उक्त अस्पतालमा इलामको माइ नगरपालिका-१ का मणि नेपाली तथा विर्तामोड नगरपालिका ६ का देवेन्द्र राजवंशीको उपचार भइरहेको उनले जानकारी दिइन्।उनीहरु चेत अवस्थामा रहेका तर स्थिति भने गम्भीर रहेको उनले बताइन्।
प्रहरीको गोली लागेर घाइते भएका चार जनाको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिए।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा