सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं , कात्तिक १० । प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी बनाउन आग्रह गर्दै कांग्रेसको विजय रोक्न अव कुनै पनि शक्तिले नसक्ने दावी गरे । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा विजयी गराउन एकतावद्ध भएर चुनावी अभियानमा जुट्न काँग्रेस नेता, कार्यकर्तालाई निर्देशन पनि दिए ।
शुक्रबार बालुवाटारस्थित आफ्नै सरकारी निवासमा आयोजित नेपाल तरुण दलको ६४ औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले बाम गठबन्धनविरुद्ध डटेर मुकाविला गर्दै प्रजातन्त्रको रक्षाका लागि गाउँ–गाउँमा पुगेर चुनावी प्रचार अभियानलाई तीव्रता दिन पनि तरुण दलका नेता, कार्यकर्तालाई सचेत गराए ।
प्रधानमन्त्री देउवाले बामपन्थी गठबन्धनले लोकतन्त्रलाई खतरामा पार्ने भएकाले त्यसबाट सचेत रहनुपर्नेमा पनि जोड दिए । कार्यक्रममा बोल्दै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षाका लागि एकतावद्ध भएर अघि बढन तरुण दलका नेता, कार्यकर्तालाई सचेत गराए ।
उनले एमाले र माओवादी केन्द्रबीचको गठबन्धनले संविधानको मूल मर्ममाथिनै प्रहार गरेकाले पनि संविधानको रक्षा गर्न पनि आगामी निर्वाचनमा काँग्रेस विजयी हुनुको विकल्प नरहेको बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा