सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक १० । अस्पताल तथा बिरामीहरूबाट रगतको माग अत्याधिकरुपमा बढ्दा काठमाडौं उपत्यकाभित्र रगतको अभाव देखिएको छ । पर्वहरू वडादशैँ, तिहार तथा छठका समयमा रक्तदाताका कमी एवं रक्तदान शिविर सञ्चालन समेत कम भएकाले उपत्यकाभित्र रगतको एक्कासी अभाव देखिएको हो ।
नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रलाई रगतको माग र आपूर्तिबीचमा सहजता ल्याउन अहिले कठिन भएको छ । यसका लागि सोसाइटीले आम रक्तदातालाई रक्तदान गर्न र रक्तदानको शिविर बढाउन संघ सस्थालाई आह्वान समेत गरेको छ।
केन्द्रका निर्देशक डा मनिता राजकर्णिकारले अहिले केन्दमा दैनिक रुपमा दुईसय युनिट (प्रिन्ट) रगतको माग हुनेगरेको र बिरामीका आफन्तमार्फत नै मुस्किलले सो माग पूर्ति गर्ने गरेको जानकारी दिए।
विगतमा पनि विशेष गरी दशैं, तिहार तथा छठका समयमा रगतको अभाव उपत्यकामा देखिने गर्दथ्यो । तर यस पटक तिहार तथा छठमा रगतको बढी अभाव देखिएको केन्द्रले जनाएको छ। रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा