सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक ९ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो जन्मथलो सप्तरीबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनुहुने भएको छ ।
अध्यक्ष यादवले सप्तरी क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिने पार्टीका नेता शम्भु झाले जानकारी दिए ।
त्यस क्षेत्रमा राजविराज नगरपालिकाका १६ वडासहित छिन्नमस्ता, महदेवा र तिलाठी कोइलाडी गाउँपालिका पर्दछन् । सप्तरी क्षेत्र नम्बर–२ को प्रदेशसभा ‘ख’बाट राष्ट्रिय जनता पार्टी (राजपा)का महासचिव मनीषकुमार सुमनले उम्मेदवारी दिने बताइएको छ । फोरम नेपाल र राजपासँगको गठबन्धनमा उहाँ उम्मेदबार बन्न लाग्नुभएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा