सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, कात्तिक ९ । कतारले विदेशी कामदारको न्युनतम पारिश्रमिक तोक्ने भएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को बैठक बस्ने अघिल्लो दिन कतारले श्रम कानुन सुधार गर्दै पारिश्रमिक तोक्ने निर्णय गरेको बिबिसीले जनाएको छ । इन्टरनेशनल ट्रेड युनियन कन्फेडरेशनका अनुसार कतार सरकारले श्रम कानुनमा सबै कामदारलाई न्युनतम पारिश्रमिक दिने, कम्पनीका कामदालाई कतार छोड्न रोक नलगाउने, कामदारको परिचय पत्र रोजगारदाताले नभई सरकारले जारी गर्ने साथै एक केन्द्रीय निकायले सबै कामदारलाई सम्झौता अनुसार पाउने सुविधाबारे निगरानी गर्ने विषय समेट्ने छ ।
यसअघि कतारले २०१६ को डिसेम्बरमा कफाला प्रणाली अन्त्य गरिसकेको छ । कफाला प्रणाली अन्तर्गत कामदारले रोजगारी तथा देश छोड्नु अघि कम्पनीबाट अनुमति लिनुपर्ने व्यवस्था थियो ।
कतारमा विभिन्न देशका मजदूरमाथि भैरहेको चरम श्रम शोषणको बिषयमा आलोचना हुँदै आएको छ । अन्तर्राष्ट्रिय मजदुर संगठनले पनि कतारलाई आप्रवासी कामदारमाथि हुने शोषण बन्द गर्न चेतावनी दिइसकेको छ । कतारमा झण्डै चार लाख ५० हजार नेपाली कार्यरत छन ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा