सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कार्तिक ९ । नेपाल वायुसेवा निगमले खरिद प्रक्रिया रहेको ६ थान चिनियाँ जहाजमध्ये बाँकी दुई थान चिनियाँ जहाज ल्याउने कामको सुरुवात गरेको छ । दुर्गम क्षेत्रको उडानका लागि ल्याईएको भएपनि सुगममा जहाज उडाउन पर्ने बाध्यता रहेको र स्पेयर्स पार्ट्स सँधै अभाव खेपिरहेको चिनियाँ जहाज व्यवस्थापनमा निगमलाई विगत पाँच वर्षदेखि हम्मे पर्दै आएतापनि मन्त्रिपरिषद्ले निर्णय गर्न नमानेपछि पुनः निगम व्यवस्थापले बाँकी चार थान जहाज ल्याउने निर्णय गरेको थियो ।
चार थानमध्ये दुई थान जहाज गत वर्ष नै नेपाल ल्याइएको छ । चार वर्ष अगाडि नै चीनले एक एमए–६० र एक वटा वाई–१२ ई जहाज अनुदानमा दिएको थियो । चिनियाँ पक्षले मागमा सकारात्मक भएको बताउँदै आए पनि ठोस उपलब्धी भने हालसम्म नभएको निगमको भनाइ छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा