सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
खोटाङ, कात्तिक ८ । बिदामा बसेका कर्मचारी काममा नफर्कँदा जिल्ला स्वास्थ्य कार्यालय खोटाङको कामकाज प्रभावित भएको छ । बिदामा बसेका कर्मचारीहरु काममा नआउँदा जिल्ला अस्पतालको ल्याब सेवा, बहिरंग विभाग, अन्तरंग सेवालगायतका सेवा प्रभावित भएको हो । रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल नेतृत्वको टोलीले गरेको अनुगमनकाक्रममा बिदामा बसेका ल्याब इन्चार्ज उज्वल तिवारी असोज ७ गते देखि कार्यालयमा हाजिर नभएको पाइएको छ ।
यस्तै, बहिरंग विभागका हेल्थ असिस्टेण्ट सनम सिवाकोटी बिदा लिएको महिना दिन वित्दा समेत कार्यालयमा हाजिर नभएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख नबिन देबकोटाले बताउनुभयो । अन्तरंग सेवामा कार्यरत स्टाफ नर्स सीता शाह बिदा सकिएको तिन दिन बित्दा सम्म कार्यालयमा नआएको पाइएको छ ।
कतिपय कर्मचारी कार्यालयलाई जानकारी नै नगराई बसिरहेको पाइएको छ । हाजिर नभएको दिनको तलव कट्टा गर्नका लागि कार्यालय प्रमुखलाई निर्देशन दिएको मेयर रिजालले बताउनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा