सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक ८ । सुपरस्टार सलमान खानको फिल्म ‘टाइगर जिन्दा है’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ । ‘टाइगर जिन्दा है’ फस्ट लुक सलमान खानले आफनो ट्विटर लागएतका सामाजिक सञ्जालमा सार्वजनिक गरेको हप्तादिन मै दोस्रो पोष्टर पनि सार्वजनिक गरेका छन ।
Tiger is Back ! #TigerZindaHai @TigerZindaHai pic.twitter.com/8AeTL2vtR5
— Salman Khan (@BeingSalmanKhan) October 25, 2017
नयाँ पोष्टरमा सलमान खानको साथमा कैटरिना कैफ युद्ध गरीरहेको जस्तो देखाइएको छ भने सलान खानले एउटा हातले मेसीन गन र अर्को हातले गोलीको माला लिएको देखाइएको छ त्यस्तै कैटरीनाले भने दुबै हातमा पेस्तोल लिई दाहिने पोस्तोलले सुट गरीरहेको देखाइएको छ । पोष्टरको पृष्टभुमिमा भने हेलिकप्टर पट्केको देखाइएको छ । अराजक छविमा देखाइएको सलमान र कैटरीनाको पोष्टरमा कम्तिमा तिन तहको प्रकाशको समिश्रण गरीएको देखिन्छ ।
यो फिल्म कविर खानले निर्देशन गरेको २०१२ मा रिलिज भएको ‘एक था टाइगर’ को सिक्वेलका रुपमा यो फिल्मलाई निर्माण गरिएको हो । जसमा सलमाल र कैटरिनालाई पुन टाइगर र जोयाको रुपमा प्रस्तुत गरिएको छ ।
यो फिल्मको केही समय अघि अवुधावीमा सुटिङ सकिएको थियो । फिल्म २२ डिसेम्बरमा रिलिज हुनेछ । फिल्मलाई अव्वास जाफरले निर्देशन गरेका हुन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा