सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक ८। मनाङको प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’का एमाले उम्मेद्वार खण्डा लामाले आफ्नो उमेदवारी फिर्ता लिएकी छिन्। एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङेलाई सघाउने भन्दै उनले आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन्। जिल्लाबाट सर्वसम्मत सिफारिस भएका मनाङेलाई सर्वत्र विरोध भएपछि केन्द्रले उनको नाम काटेको थियो ।
एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उमेदवारी दिएका दीपक मनाङेलाई सघाउने भन्दै उनले आफ्नो उमेदवारी फिर्ता लिएकी हुन्। मनाङको प्रदेश क्षेत्र नं २ बाट काँग्रेस उम्मेदवार कर्मा गुरूङ र मनाङेबीच प्रतिस्पर्धा हुने भएको छ। मनाङे केही समय अगाडि मात्रै राप्रपा छोडेर आफ्ना दलबल सहित एमाले प्रवेश गरेका थिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा