सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक ८ । निर्वाचन आयोगले आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुको अन्तिम नामावली आज सार्वजनिक गर्ने भएको छ ।
आयोगले नामावली सार्वजनिक गरेसँगै आजै उम्मेदवारहरुलाई निर्वाचन चिह्नसमेत वितरण गर्ने छ । उम्मेदवारी फिर्ता लिन चाहनेले बुधबार बिहान १० बजेदेखि १ बजेसम्म नामा फिर्ता लिन सक्ने छन् ।
उम्मेदवारी दिएकाहरुमाथि परेका उजुरी छानबिन गरी आयोगले हिजो नामावली सार्वजनिक गरेको थियो ।
उम्मेदवारी फिर्ता लिन चाहने उमेद्धवारहरुलाई आयोगले आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय निर्धारण गरेको छ ।
त्यसपछि दिउँसो ३ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरिने र साँझ ६ बजेसम्म सबै उम्मेदवारलाई निर्वाचन चिह्न दिइने आयोगले जनाएको छ ।
उम्मेदवारमाथिको दाबी विरोध सकिएपछि आयोगले कार्यतालिका अनुसार साँझ ६ बजेभित्र चुनाव चिह्न दिने छ।
पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते ३२ जिल्लामा प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभाका लागि ७४ सिटका लागि ५ गते उम्मेदवारी दर्ता भएको थियो ।
प्रतिनिधिसभाको ३७ सिटका लागि ३ सय २३ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी प्रदेशसभाको ७४ सिटका लागि ४ सय ८४ जनाको उम्मेदवारी दर्ता भएको छ ।
प्रतिनिधिसभातर्फ ३२३ र प्रदेशसभातर्फ ४८४ गरी जम्मा कूल ८०७ जनाको उम्मेदवारी दर्ता भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा