सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक ७ । चुनावी तालमेलबारे चरणबद्ध छलफलमा रहेका संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच २ नम्बर प्रदेशमा सिट बाँडफाँट सहमतिनजिक पुगेको छ ।
दुई पार्टीबीच उम्मेदवारका विषयमा कुरा मिलिसकेको भएपनि नेपाली कांग्रेससँग पनि छलफल चलिरहेको र यही १० गतेभित्र सिट बाँडफाँट टुंग्याइने निर्वाचनका लागि सिट तालमेल कार्यदलका सदस्य एवं राजपाका नेता मनीष सुमनले जानकारी दिए ।
‘कांग्रेस र फोरमसँगको वार्ता करिब सहमतिनजिक पुगेको छ, लोकतान्त्रिक गठबन्धनले कसरी विजय सुनिश्चित गर्नसक्छ सोही आधारमा तालमेल गरी उम्मेदवार उठाउन अहिले अध्ययन गरिरहेका छौं’–उनले भने ।
समाजवादी फोरमको तर्फबाट कार्यदलका सदस्य रामनरेश राय यादवले उम्मेदवारको तालमेलबारे करिब सहमतिनजिक पुगेको बताए ।
प्रतिनिधि र प्रदेशसभामा कस्ता र कुन उम्मेदवारलाई उठाउने भन्नेबारे केही असमझदारी रहेकाले त्यो चाँडै टुंगिने उनको भनाइ छ ।
दुई पार्टीबीच प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि सिट संख्या टुंगो लागेको बताइएको छ ।
फोरम–राजपाले कांग्रेससँग पनि निर्वाचनमा तालमेल गर्ने अनौपचारिक सहमति गरेअनुरुप छलफल चलिरहेको छ ।
फोरम र राजपाबीच सहमति भएपछिमात्रै कांग्रेससँग छलफल गर्ने नेता सुमनले बताए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा