सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक ७ । सिटिजन्स बैंक इन्टरनेसनलले चालु आर्थिक बर्ष ०७४/७५ को पहिलो त्रैमासमा ३१ करोड ९० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा ७ प्रतिशतले घटेको हो। कम्पनीले अधिल्लो वर्षको सोहि अवधिमा मुनाफा ३४ करोड ५१ लाख रुपैयाँ कमाएको थियो ।
८ अर्ब २ करोड ९१ लाख रुपैयाँ चुक्ता पूँजी भएको सिटिजन्स बैंकले जगेडा कोषमा १ अर्ब ६८ करोड ७९ लाख रुपैयाँ छुट्याएको छ । बैंकले असोज मसान्तसम्ममा कुल ५४ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरी ५० अर्ब ६ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । सो अवधिमा बैंकले ४८ करोड १४ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।
सात करोड १० लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकको प्रोभिजनमा ५ करोड ४७ लाख रुपैयाँ राखेको छ । बैंकको जोखिमयुक्त सम्पत्ति १६.०१ प्रतिशत छ । यस त्रैमासमा बैंकको खराब कर्जा बढेर कुल कर्जा प्रवाहको १.९९ प्रतिशत पुगेको छ ।
त्यसैगरी, बैंकको प्रतिसेयर आम्दानी १५.९० रुपैयाँ, मूल्य आम्दानीको अनुपात १९.३१ गुणा, प्रतिसेयर नेटवर्थ १२१.०२ रुपैयाँ र तरलता अनुपात २३.३८ प्रतिशत रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा