सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक ७ । बैंकको कारोबार प्रणालीमा ‘ह्याक’ गरी एनआइसी एसियाबाट विदेशी बैंकमा पठाइएको रकम फिर्ता हुनेक्रममा रहेको छ ।
नेपाल राष्ट्र बैंककाअनुसार तिहारमा एनआइसी एसिया बैंकबाट स्थानान्तरण भएको रु ४० करोडभन्दा बढी रकम फिर्ता हुनेक्रममा रहेको हो ।
ह्याकरले विदेशका विभिन्न ६ मुलुकका ८ बैंकमा रकम सारेको थियो । बैंकले प्रयोग गर्दै आएको स्वीफ्ट प्रणालीमा ह्याक गरी रकम स्थानान्तरण गरिएको थियो ।
नेपाल राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले भने–‘केन्द्रीय बैंकमार्फत् तत् देशका बैंकलाई नेपालबाट स्थानान्तरण भएको रकम फिर्ता गर्न पहल गरिएको छ ।’
एनआइसी एसिया बैंकले पनि रकम फिर्ता गर्न पहल गरिरहेको छ ।
यसले बैंक तथा वित्तीय संस्थाले सूचना–प्रविधि तथा प्रणालीगत समस्यालाई विशेष ध्यान दिनुपर्ने देखिएको छ ।
हाल २०० मुलुकका ११ हजार विभिन्न संस्थाले स्वीफ्ट प्रणालीको प्रयोग गर्दै आएको बुझिएको छ ।
राष्ट्र बैंकले सूचना–प्रविधिलाई विशेष ध्यान दिन सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै आएको सहप्रवक्ता पण्डितले पुनः स्मरण गराए ।
सोमबार राष्ट्र बैंकले सबै बैंकका सूचना–प्रविधि विभागका प्रमुखलाई बोलाएर निर्देशन दिएको थियो ।
बैंकको कारोबार प्रणालीको चुनौतीका कारण बैंकिङ क्षेत्रमा चुनौती थपिँदै गएकै कारण आन्तरिक प्रणालीलाई थप सुरक्षित गर्नुपर्ने देखिएको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा