सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कात्तिक ७ । चीनको कम्युनिस्ट पार्टीले राष्ट्रपति सि जिनपिङको विचारधारालाई संविधानमै ‘सी जिनपिङ वाद’ का रूपमा समावेश गर्ने भएको छ । झण्डै एक हप्तादेखि चलिरहेको चिनिया कम्युनिष्ट पार्टीको भेलामा संविधानमै सि जिनपिङ बिचारधारा लेख्ने पक्षमा सहमति जुटेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । अब राष्ट्रपति सी जिनपिङ माओत्सेतुङपछि चीनकै सबैभन्दा शक्तिशाली नेता बनेको छन् ।
माओपछि पनि केही चिनियाँ नेताहरूले आफ्ना विचारलाई कम्युनिष्ट पार्टीको विधानमा राखेका थिए । तर कसैको पनि विचारले ‘वाद’ रूप ग्रहण गर्न सकेन । ‘सि जिनपिङ वाद’ भनेर पार्टी विधानमै लेखिएपछि अब चीनमा कसैले पनि उनको विरोध गर्ने वा उनलाई चुनौती दिन नसक्ने बताइएको छ ।
योसँगै चिनियाँ नागरिक, विद्यालयका बालबालिका सरकारी कर्मचारी तथा कम्युनिष्ट पार्टीका ९ करोड सदस्यले सि जिनपिङको विचार पढ्नेछन् ।
ग्रेट हल अफ द पिपुलमा २ हजार ३ सय ५० भन्दा बढी प्रतिनिधिहरू सहभागी महाअधिवेनले राष्ट्रपति सी र प्रधानमन्त्री ली खछ्याङलाई अर्को पाँच वर्षको कार्यकालका लागी सर्बसम्मत चुनिएका छन्। सि जिनपिङ २०१२ मा प्रमुख भएसँगै उनको निरन्तर शक्ति तथा पकड बड्दै गएको थियो सी र ली आगामी सन् २०२२ सम्ममा सक्तामा रहने छन् ।
प्रत्येक पाँच वर्षमा हुने चिनियाँ कम्युनिष्ट पार्टीको सम्मेलन भोलि सम्पन्न हुँदैछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा