सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक ७ । काठमाडौं उपत्यकामा हिजो भन्दा आज ४ डिग्री तापक्रम घटेको छ। सोमबार बिहान काठमाडौंको न्यूनतम तापक्रम १५.५ डिग्री सेल्सियस थियो भने मंगलबारको तापक्रम घटेर ११.४ डिग्रीमा पुगेको हो।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले राति बादल फाटेकाले मंगलबार विहान तापक्रम घटेको बताइन्। ‘आज हिजोभन्दा जाडो बढेको छ, राति बादल फाटेकाले चिसो बढेको हो अब तापक्रम बिस्तारै घट्दै जान्छ,’ पोखरेलले भनिन्।
कात्तिक १ गते काठमाडौंको तापक्रम १४.४ डिग्री थियो। २ गते १३.५, ३ गते १४ डिग्री पुगेको न्यूनतम तापक्रम ४ गते १५.५ पुगेको थियो भने ५ गते १५.७ डिग्री पुगेको थियो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा