सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सिराह, कात्तिक ६ । सिरहाको कर्जन्हा नगरपालिकाबाट तीन दिन अघि बेपत्ता भएका बालकको घाँटी रेटी हत्या गरेको अवस्थामा शव भेटिएको छ । सिरहाको कर्जन्हा नगरपालिका-२ बन्दीपुरका कसुम यादबका १३ वर्षीय छोरा भबेश यादवको कमला नदी किनारमा रहेको नर्सरीमा घाँटी रेटी हत्या हत्या भएको हो ।
यादवको टाउको भन्दा तलको भाग मात्र फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए । शवको प्रकृति हेदा ३ गते नै हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । बालकको शव पोष्ट मार्टमका लागि लहान ल्याइएकेा छ । धनुषाको हतमुन्डा निवासी यादव ६ महिना अगाडि मात्रै बसाइ सरी सिरहा आएका थिए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा