सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक ६ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले घरेलु मैदानमा बर्नाबेउमा एइबरलाई ३–० हराएको छ । खेलको शुरुवाती अग्रता मड्रिडको लागी राड्रिग्वेज ओलिभेराले १८ औं मिनेटमा गरेको आत्मघाती गोलबाट भयो ।
खेलको २८ औं मिनेटमा एसेन्सिओ र ८२ औं मिनेटमा मार्सेलोले गोल गरेका हुन् । जितपछि ९ खेलबाट रियल मड्रिडको २० अंक भएको छ भने समुहको तेस्रो स्थानमा रहेको रहेको छ । बार्सिलोना २५ अंकसहित शीर्ष स्थानमा रहेको छ । २१ अंक सहित भ्यालेनसिया दोस्रो स्थानमा रहेको परेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा