सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक ६ । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट–जर्मेन ९पिएसजी० ले यो सिजनमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा भने पिएसजीका नेइमारले रेड कार्ड पाएका छन् ।
पिएसजी मार्सेइलीसँग २–२ को बराबरीमा खेल्दै अंक बाडेका छन् । १६ औं मिनेटमा लुइज गुस्तावोले गोल गर्दै मार्सेइलीलाई सुरुवाति अग्रता दिलाएका थिए। ३३ औं मिनेटमा नेयमारले पिएसजीका लागि बराबरी गोल फर्काए । पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा ७८ औं मिनेटमा फ्लोरियन थविनले गोल गर्दै मार्सेइलीलाई फेरि अग्रता दिलाए ।
खेलको ८७ औं मिनेटमा नेयमारलाई मार्सेइलीका लुकास ओकाम्पोसले लडाए पछि नेयमारले उठेर उनलाई धकेलेपछि रेफ्रीले ओकाम्पोसलाई एउटा र नेयमारले दोहोरो पहेँलो कार्ड दिए । दोहोरो पहेलो कार्डसँग्र नेयमार मैदानबाट वाहिरिनु पर्यो । नेयमार बाहिरिएपछि पिएसजी १० खेलाडीमा सीमित भयो । खेलको इन्जुरी समयमा एडिसन काभानीले गोल गर्दै खेल २ – २ को बराबरीमा ल्याएका थिए । बराबरीपछि शीर्ष स्थानको पिएसजीको १० खेलबाट २६ अंकसँगै शिर्ष स्थानमा रहेको छ । मार्सेइली १८ अंक जोडेर पाँचौ स्थानमा छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा