सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, कात्तिक ५ । प्रधानसेनापति राजेन्द्र क्षत्री अमेरिकाको सशस्त्र फौजको संयुक्त टोलीका अध्यक्ष जेसेफ एफ डुनफर्डको निमन्त्रणामा वासिङ्टन डिसीमा सोमबारदेखि आयोजना हुने हिंसात्मक अतिवादी संगठनबाट आउनसक्ने चुनौती सामना गर्नेसम्बन्धी सेना प्रमुखको विश्व सम्मेलनमा भाग लिन गएराति त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले बिदाई गर्नुभएको थियो । प्रधानसेनापति क्षत्रीको अनुपस्थितिमा बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नुहुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । प्रधानसेनापति महारथी क्षत्री यही कात्तिक ९ गते स्वदेश फिर्ता हुनु हुनेछ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा