सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, कात्तिक ५। पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि माओवादी केन्द्रले आफ्ना उम्मेदवार टुंगो लगाएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६ उम्मेदवार टुंगो लगाएको माओवादी केन्द्रले जनाएको छ ।एमालेसँग गठबन्धन गरेको माओवादी केन्द्रले आफ्नो भागमा परेको सबै स्थानमा उम्मेदवार टुंगो लगाएको हो ।
प्रतिनिधिसभामा १६ उम्मेदवार तय गरेको माओवादीले प्रदेशसभाको प्रत्यक्षतर्फपनि ३३ जना उम्मेदवारको नाम तय गरेको छ । प्रतिनिधिसभातर्फ हेविवेट नेताहरुमा नारायणकाजी श्रेष्ठ गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार हुने हुनुभएको छ ।
उहाँसँग नयाँशक्ति नेपालका बाबुराम भट्टराई प्रतिष्पर्धामा उत्रिनुहुने भएको छ । यस्तै सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा अग्नि सापकोटाले उम्मेदवारी दिनुहुने भएको छ । यस्तै शक्तिबहादुर बस्नेतले जाजरकोटबाट, जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दिनुभएको छ । यस्तै रोल्पाबाट वर्षमान पुन उम्मेदवार बन्नुहुनेभएको छ । लमजुङबाट देवप्रसाद गुरुङको उम्मेदवारी परेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा