सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दार्चुला, कात्तिक ५ । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर–९ दत्तु-चुच्चैमा महाकाली यातायातको जिप आइतबार दुर्घटना भएको छ । सदरमुकाम खलंगादेखि मालिकार्जुनतर्फ गइरहेको से१ज ५९६ नम्बरको जिप सोतर्यौडा खोलामा दुर्घटनाग्रस्त हुँदा जिप मालिक महाकाली नगरपालिका–७ का २४ वर्षीय भूपेन्द्र बडूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते जिप चालक देवराम कोलीलाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरी जिल्ला अस्पतालतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सडकबाट १०० मिटर तल खोलामा पल्टेको जिपमा दुईजनामात्रै सवार रहेका कारण थप क्षति नभएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
दुवैजना रातभर जात्रामा रहेका कारण अनिँदोमा जिप चलाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा