सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
झापा, कात्तिक ५ । झापामा डेंगुले महामारीको रुप लिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार साउनदेखि कात्तिक महिनासम्म १ सय २० जना डेंगुका बिरामी फेला परेका छन् । बिर्तामोडमा मात्रै ५२ जना डेंगुका बिरामी भेटिएको कार्यालयले जनाएको छ । यहाँको बिएण्डसी हस्पिटलमा मात्रै तिहारको ३ दिनमा १२ जना बिरामी भर्ना भएको अस्पतालले जनाएको छ । त्यो विएण्डसीमा तीन दिनमा भर्ना भएका जम्मा बिरामी सङ्ख्याको २१ प्रतिशत हो ।
त्यस्तै, दमकमा ५, काँकरभिट्टामा ६, बुद्धशान्तिमा २, कनकाईमा २ जनासहित अन्य बिभिन्न क्षेत्रका मानिसहरुमा डेंगुको सङ्क्रमण भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय, झापाका महामारी फोकल पर्सन कुलबहादुर पौडेलले बताए । उनका अनुसार गत असोज ६ गते पहिलो पटक बिर्तासिटी हस्पिटलले धेरै डेंगुको बिरामी फेला परेको भन्दै जनस्वाथ्यमा जानकारी दिएको थियो ।
त्यस लगत्तै, बिएण्डसी र मनमोहन हस्पिटलबाट पनि सोही प्रकृतिको रिपोर्ट आएपछि नियन्त्रणका लागि पहल सुरु गरिएको छ । जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार झापाको दमक अस्पताल, सुरुङ्गा प्राथमिक उपचार केन्द्र, अनारमनी स्वास्थ्य चौकी, धुलाबारी प्राथमिक उपचार केन्द्र र काँकडभिट्टा स्वास्थ्य चौकीमा निःशुल्क डेंगुको उपचार हुन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा