सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक ५ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले बर्नलेलाई ३–० को गोल अन्तरले हराएको छ । शनिबार राति भएको खेलमा पहिलो हाफको ३५ औँ मिनेटमा विवादित पेनाल्टीमार्फत सिटीका लागि सर्जियो अगुएरोले गोल गर्दै सिटिलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १–० को अग्रता लिएको सिटिको लागी दोस्रो हाफको ७३ औँ मिनेटमा ओटामेन्डी र ७५ औँ मिनेटमा सानेले एक–एक गोल गर्दे सिटिले ३–० को जित हासिल गर्योे। जितसँगै सिटी २५ अंक जोड्दै शिर्ष स्थानमा छ । समान खेलबाट २० अंक जोड्दै म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा छ ।
त्यस्तै शनिबार नै भएका इंग्लिस प्रिमियर लिग अन्तर्गतका अन्य अन्ष् खेलमा चेल्सीले वाटफोर्डलाई ४–२, न्युक्यासल युनाइटेडले क्रिस्टल प्यालेसलाई १–०, बाउर्नमाउथले स्टोक सिटीलाई २–१ र लेस्टर सिटीले स्वान्सीलाई २–१ को गोल अन्तरले हराएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा