सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, कात्तिक ४ । पूर्वराजा ज्ञानेन्द्र शाहले आफू मुलुकको नेतृत्व र जिम्मेवारी लिन तयार रहेको बताएका छन् । आज भाइटीकाको अवसरमा दिदी शोभा शाहीको हातबाट टीका ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै शाहले आफू फेरि राजगद्दीमा फर्कन तयार रहेको बताए । जनताले चाहेको अवस्थामा आफू मुलुकको नेतृत्व लिन तयार रहेको र उक्त समय आएजस्तो आफूलाई लागेको उनको भनाइ थियो । ‘अब समय आएजस्तो लाग्छ मलाई ।
जिम्मेवारी लिन र नेतृत्व दिन म तयार छु तर सबै जनताको इच्छा हुनुपर्छ’, उनले भने । ज्ञानेन्द्रले मुलुकको परिस्थतिले नै आफू सक्रिय हुनुपर्ने अवस्था आएको जिकिर गरे ।
ज्ञानेन्द्रले नयाँ संविधान सर्वस्वीकार्य नभएकाले सबैले मान्ने अवस्था नदेखिएको समेत टिप्पणी गरे । उनले मुलुकको परिस्थति दुबोको मालाको, गोदावारी फूलको मालाको, मखमली फूलको मालाको महत्व नबुझ्ने तर कागजको फूलको सुवास खोज्ने भन्दै व्यंग्य गरे ।
उनले आजको दिन परिवारसँग बस्ने दिन भएकोले नागरिकलाई आफूले भनेको कुरा ध्यान दिएर सुन्न पनि आग्रह गरे । यसैबीच पूर्वराजा ज्ञानेन्द्रले कान्छी बहिनी शोभा शाहीसँग टीका ग्रहण गरेका छन् ।
उनले पञ्चाङ्ग निर्णयक समितिले तोकेको उत्तम साइत ११ बजेर ५१ मिनेट भन्दा अगाडि विहान १० बजेर ४५ मिनेटको साइतमा टीका ग्रहण गरेको जनाइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा