सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ , कात्तिक २। प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले सञ्चारकर्मी न्यायालयजस्तो स्वतन्त्र हुनुपर्ने बताउनुभएको छ । प्रधानन्यायाधीश निवास बालुवाटारमा देउसी भैलो खेल्न गएको रिपोर्टर्स क्लब नेपालको टोलीसँग प्रधानन्यायाधीश पराजुलीले सत्यको पक्षमा कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गर्नुभएको हो ।
उहाँले आगामी मंसिर १० र २१ मा हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि मुलुक समृद्धिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । “निर्वाचनको फैसला जनताले गर्छ, न्यायालय आफ्नो पद्धतिमा अगाडि बढ्छ,” प्रधानन्यायाधीश पराजुलीले भन्नुभयो ।
उहाँले न्यायालय स्वतन्त्र, भयरहित, स्वच्छ र मर्यादित भएमात्रै देश समृृद्धको बाटोमा अगाडि बढ्ने बताउनुभयो । “जहाँ न्याय पद्धति बलियो छ त्यो देशमा खुशी र विकास छाएको छ,” उहाँले भन्नुभयो । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा