सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मोरङ, कात्तिक २। मोरङको पथरी–शनिश्चरे नगरपालिका–१० मा करेन्ट लागेर गएराति एक महिलाको मृत्यु भएको छ । घरमै मोबाइल चार्ज गर्नेक्रममा करेन्ट लागेर ४० वर्षीया ओमकुमारी बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।
करेन्ट लागेर गम्भीर घाइते उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा