सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पाल्पा, कात्तिक १ । तानसेन नगरपालिका–१४,अर्गलीमा दलित समुदायले उत्पादन गरेको दूध डेरी सञ्चालकले लिन नमान्दा किसानलाई समस्या भएको छ । उत्पादित दूध डेरी सञ्चालकले लिन नमानेपछि किसान खेर फाल्न बाध्य छन् । दलित समुदायले पटक पटक सञ्चालकलाई दूध लिन आग्रह गरेपनि अझैसम्म लिन नमानेको स्थानीयवासी गीता बम्रेलले बताउनुभयो ।
अर्गलीका किसानले उत्पादन गरेका करिब ३० लिटर दूध खेर गएको छ । स्थानीयवासी लक्ष्मी विश्वकर्माले दूध बेच्न डेरीको अभाव रहेको बताउनुभयो । अधिकारकर्मीले एक हप्ताभित्र दूध लिन आग्रह गरेपनि डेरी सञ्चालक लिन मानेका छैनन् ।
तानसेन नगरपालिका–१४, अर्गलीको प्रहरी चौकीमा, दलित अधिकारकर्मी, वडाध्यक्ष र डेरी सञ्चालकबीच छलफल भए पनि टुंगोमा पुग्न नसक्दा समस्या भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा