सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सप्तरी ,कात्तिक १ । अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा शहीद भएका आनन्द साहका परिवारलाई मंगलबार आर्थिक सहयोग प्रदान गरेको छ ।
मधेशी इञ्जिनियर्स स्टुडेन्ट यूनियन (मेसु) को समन्वयमा मलेठ घटनाका शहीद परिवार सप्तरीको कृष्णसवरण गाउँपालिका निवासी स्व आनन्द साहकी पत्नीलाई रु २५ हजार आर्थिक सहयोग उपलब्ध गराइएको मेसुका अध्यक्ष ई सञ्जीवनारायण यादवले बताए ।
गतसाता सोही संस्थाले मलेठ घटनाका अन्य शहीद सञ्जन मेहता, पीताम्बर मण्डल, इनर यादव, वीरेन्द्र मेहताका परिवारजनलाई रु २५ हजारका दरले आर्थिक सहयोग गरेको थियो । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा