सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी, कार्तिक १ । युएईएफए च्याम्पियन्स लिग फुटबलमा साबिकको बिजेता तथा स्पेनिस क्लब रियल मड्रिड बराबरीमा रोकिएको छ । लिग फुटबल अन्तर्गत मंगलबार राति रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा भएको खेलमा टोटनह्यामसँग १ – १ को बराबरीमा रोकिएको छ ।
खेलको पहिलो हाफको २८ औं मिनेटमा घरेलु टिमका राफाएल वारानेले आत्मघाती गोल गरेपछि टोटनह्यामले सुरुवाति अग्रता लियो । तर, खेलको ४३ औं मिनेटमा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गरेपछि पहिलो हाफ १ – १ गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन र दुवै टोलीले १ – १ अंक बाडेका छन् ।
बराबरीपछि दुवै टिमको तीन खेलबाट ७ – ७अंक भएको छ । गोल अन्तरको आधारमा रियल शिर्ष स्थानमा छ भने टोटनह्याम दोस्रो स्थानमा छ । यो समूह बोरुसिया डर्टमण्ड र एपोएल निकोसियाको समान १ – १ अंक छ । मंगलबार राति नै दुवै टोलीले १ – १ गोलको बराबरी खेलेर अंक बाडेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा