सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, असोज ३१ । आजै सरकारबाट बाहिरिने निर्णय गरेको नेकपा माओवादी केन्द्र तत्तकालको लागी सरकारबाट नहट्ने भएको छ । माओवादीका तर्फबाट सरकारमा सहभागी भएका गृहमन्त्री जनार्दन शर्माले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर आफूहरुले तत्काल सरकार नछाड्ने बताएका हुन।
सरकारबाट हट्ने निर्णयको जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले निर्वाचन आयोगबाट प्राप्त सूचनाअनुसार निर्वाचन सार्ने तयारी भएकाले अहिले सरकारबाट हट्ने निर्णय पनि स्थगित गरिएको बताए ।
यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई यसको जानकारी गराउने तयारी गरिरहेका बेला प्रधानमन्त्रीले चुनाव सार्ने तयारी गरिरहेको आयोगबाट सूचना पाएकोले तत्तकाल सरकार नछाड्ने निर्णयमा पुगेको गृहमन्त्रि शर्माले जानकारी दिनुभयो ।
उनले आगामी प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन सफल बनाउन पार्टी र सरकारको ध्यान रहेको उल्लेख गर्दे ” सरकार र मन्त्रीको लोभले बस्न लागेका होइनौं , हामी निर्वाचनको चिन्ताले बस्न लागेका हौं ।”
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा