सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर, असोज ३० । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मन्त्री मण्डल बिस्तार गर्ने काम राजनीतिक अपराध भएको बताउनु भएको छ । प्रधानमन्त्री शेरवहादुर देउवाले दुईदिन अघि मात्र मन्त्रीमण्डल बिस्तार गरेर ६४ सदस्यीय मन्त्रीमण्डल बनाएपछि यस बिषयमा कडा टिप्पणी आएको हो ।
विराटनगरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले प्रधानमन्त्रीबाट भएको मन्त्री परिषद बिस्तारको खुलेरै विरोध गर्नुभयो ।
‘प्रधानमन्त्री ज्युले यतिको जम्वो मन्त्री मण्डल निर्माण गर्ने कार्य राजनीतिक भष्ट्राचार पनि हो, उहाँले भन्नुभयो, यतिका ठूलो मन्त्री मण्डल गठन गरेर राजनीतिक अपराध गर्नुभएको छ ।’ अध्यक्ष यादवले वाम गठवन्धन खास कम्युनिष्ट नभएकाले अतालिनु पर्ने अबस्था नरहेको बताउनुभयो । उहाँले कम्युनिष्टको नाममा एमाले, माओवादी विग्रेको कम्युनिष्ट मात्र भएको आरोप लगाउनु भएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा