सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असोज ३० । मनकामना केबल कारमा एक वृद्धले केबलकारको ढोकामा झुन्डिएर यात्रा गर्दै गरेको तस्बीर भाइरल भएको छ । यो तस्विर कहिले कहाँ र कस्ले खिचेको भन्ने अहिले सम्म खुल्न सकेको छैन ।
केबल कारमा चढ्न लाग्दा ढोका बन्द हुन लाग्दै गर्दा ति वृद्ध झुन्डिएर भित्र पस्न खोजेको तर जिउँ पुरै भित्र नपस्दा एउटा खुटामात्र ढोकाको चेपमा र अर्को बाहिर रहेको प्रस्ट देखिन्छ । भित्र पस्न नसकेपछि यी वृद्धले बसको ढोकामा जसरी यात्रा गरेको देखिन्छ ।
यस घटना बारे मनकामना दर्शन प्रा।लीको तर्फबाट कुनै प्रतिक्रिया आएको भने छैन ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा