सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ३० असोज । इंग्लिस प्रिमियर लिगमा आइतबारराति भएको खेलमा साउथह्याम्टनलाई न्युक्यास्टल युनाइटेड बराबरीमा रोकेको छ । पहिलो हाफको सुरुवाती अग्रता लिदै न्युक्यास्टलका लागि इसाक हेडनले २० औं मिनेटमा पहिलो गोल गरे ।
दोस्रोे हाफमा साउथह्याम्टनका मनलो गबबीडिनीले ४९ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको ५१ औ मिनेटमा पेरेजले गोल गर्दै न्युक्यास्टललाई २–१ को अग्रता दिलाए ।
न्युक्यास्टलका डिफेन्डरले साउथह्याम्टनका खेलाडीलाई डिबक्समा लडाएपछि न्युक्यास्टलले पेनाल्टी पाएको थियो । पेनाल्टीमार्फत ७५ औं मिनेटमा मनलो गबबीडिनीले व्यक्तिगत दोस्रो गोल गर्दै २–२ को बराबरी बनाएका थिए । खेलसँगै न्युक्यास्टलको ११ अंक छ भने साउथह्याम्टनको ९ अंक छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा