सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २९ । व्यवसायीको अपहरण गर्न प्रेमिकाको प्रयोग गरी हत्या गर्ने प्रकाश लामिछानेलाई नेपाल प्रहरीले दुबईबाट पक्राउ गरी आइतबार नेपाल ल्याएको छ । रेड कर्नर नोटिसमा रहेका लामिछानेलाई इन्टरपोलमार्फत युएइ प्रहरीले पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको हो।
लामिछानेलाई आइतबार साँझ काठमाडौं आउने वित्तिकै विमानस्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको छ। लामिछानेले गत फागुन ५ गते व्यवसायी श्यामसुन्दर अग्रवालको अपहरण गरी फिरौती असुल्न आफ्नी प्रेमिका राधिका श्रेष्ठको प्रयोग गरेका थिए । पछि उनले पोल खुल्ने डरले आफ्नै प्रेमिकाको हत्या गरेका थिए । हत्या गरी राधिकाको शवलाई काटुनमा हाली घरनजिकै फालेका थिए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा