सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी । अभिनेत्री कट्रिना कैफ अभिनेता रणवीर सिंहकी श्रीमतिमा देखिने भएकी छिन। निर्देशक कबिर खानको निर्देशनमा भारतीय क्रिकेट टिमका पूर्व कप्तान कपिल देवको भुमिकामा रणविर सिंह पक्का भएका छन् ।
उक्त चलचित्रमा कपिल देवको जिवनीमा आधारीत तथा सन १९८३ को विश्वकप क्रिकेट खेलको पेरीफेरीमा आधारित बन्ने भएको छ । जसमा कपिलदेव क्रिकेट टिमका क्यापटेन थिए र कपिल देवकै नेतृत्वमा खेलेको उक्त विश्वकपमा भारतले उपाधि उचालेको थियो ।
कपिलकी श्रीमती रोमी देवको भूमिका कसले निर्वाह गर्ने भन्ने विषयमा चर्चा चलिरहेका बेला कट्रिना कैफलाई उक्त भूमिकामा प्रस्तुत गर्ने निर्णय भएको बताइएको छ । बलिउड फिल्ममा रणवीर सिंह र कट्रिना कैफलाई पहिलो पटक जोडीका रूपमा देख्न सकिन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा