सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ललितपुर, असोज २९ । जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी प्रभाग बालकुमारीबाट खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका–९ स्थित बालकुमारी ब्यांकेटमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर महानरपालिका–१६ बस्ने राजेन्द्र शाक्य सहित ३३ जनालाई पक्राउ गरेको हो ।
उक्त स्थानबाट प्रहरीले नगद रु. ६ लाख १ सय ४० रूपैयाँ सहित जुवातासमा प्रयोग भएका ३ बुक तास र ३२ थान कौडा समेत फेला पारेको छ । घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा