सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, असोज २८ । ६ करोड ठगीको आरोपमा एनआरएनका आइसिसि सदस्य अनुज थापा पक्राउ परेका छन् । जापानबाट गैरआवासीय नेपाली संघ ९एनआरएनए० को आइसीसी सदस्य चयन भएका अनुज थापालाई महानगरीय प्रहरी परिसरले काठमाडौं आएका बेला कमलपोखरी क्षेत्रबाट पक्राउ गरेको हो ।
थापाले जापानमा रहेको एउटा विश्व विद्यालयको शाखा नेपालमा खोल्छु भनेर एक प्रोफेसरसँग ७ करोड नेपाली रुपैयाँ लिएका थिए। सो रकम नेपालमा विश्वविद्यालयको शाखा नखोली उनले निजी घर र गाडी किनेको आरोप उनीमाथि परेको छ । एनआरएन सम्मेलनका लागि थापा नेपाल आएको जानकारी पाएपछि जापानी प्रोफेसर काठमाडौं आएर प्रहरीमा ठगी उजुरी दर्ता गराएका थिए।
उनी दरबारमार्गमा रहेको होटल उडल्याण्डका मालिक पनि हुन् । पक्राउ परेका थापा नेपाल पर्यटन बोर्डका जापानस्थित पर्यटन प्रतिनिधि पनि हुन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा