सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २७ छुट्टै गोर्खाल्याण्ड राज्यको माग गर्दै गरिएको अनिश्चितकालीन बन्द खुलेको १६ सौं दिनपछि भारतको पहाडी जिल्ला दार्जिलिङमा फेरि हिंसा भड्किएको छ ।
शुक्रवार विहान दार्जिलिङको तकभर क्षेत्रमा प्रहरी र गोर्खा जनमुक्ति मोर्चा (गोजमो)का कार्यकर्ताबीच झडप भएको छ । विमल गुरुङ पक्षका गोजमोका कार्यकर्ता र प्रहरीबीच झडप भएको जनाइएको छ ।
झडपमा १ जना सुरक्षाकर्मीसहित २ जनाको मृत्यु भएको छ । झडपमा कम्तिमा १ दर्जन व्यक्ति घाइते भएका जनाइएको छ ।
झडपमा मृत्यु हुनेमा प्रहरी सब–इन्सिपेक्टर अभिताभ मल्किक रहेका भारतीय सञ्चारमाध्यमले जनाएको छ । मृतक अर्का व्यक्ति गोजमोका कार्यकर्ता भएको जनाइए पनि उनको पहिचान खुल्न सकेको छैन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा