सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २७। एमालेको सूर्य चिन्ह लिएर गोरखाबाट चुनाव लड्ने भन्दै वाम गठबन्धनमा सामेल भएका नयाँ शत्तिः पार्टीका संयोजक डा.बाबुराम भट्टराईले सूर्य चिन्ह छोड्नु भएको छ । भट्टराईले चुनाव लड्न खोजेको गोरखा २ मा माओवादीले छोड्न नमानेपछि भट्टराई आफ्नै पार्टीको चुनाव चिन्ह देब्रे आँखा लिएर गोरखा २ बाटै चुनाव लड्दै हुनुहुन्छ ।
पार्टीको संघीय सचिवालय बैठकमा भट्टराईले देब्रे आँखा चुनाव चिन्हबाटै निर्वाचन लड्ने घोषणा गर्नुभएको हो। एमाले, माओवादी र नयाँ शक्तिबीचको सिट बाँडफाँडमा भट्टराईले १५ प्रतिशत सिट माग्नु भएको थियो ।
गत स्थानीय चुनावमा ७५३ स्थानीय तह मध्ये नयाँ शक्ति पार्टीले १ गाउँपालिकामा मात्रै जितेको थियो । भट्टराईले सिट बाँडफाँडमा आफूलाई अण्डरमाइण्ड गरिएको भन्दै पार्टीकै चुनाव चिन्ह लिएर गोरखाबाट चुनाव लड्ने वताउनु भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा